दमक/प्रदेश सभा सदस्य बसन्त बानियाले खेलकुद क्षेत्रको विकासलाइ पनि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताएकाछन् ।
उनले खेलकुद स्वास्थ्यका लागिमात्र नभएर स्थानीय क्षेत्रको पहिचानसंग समेत जोडिने जनाउदै यस्तो बताएकाहुन् ।
प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बानियाले यसप्रकारका खेलकुदहरुको निरन्तरताका लागि शुभकामना दिए ।
सत्यनारायण यादबको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ पालिका प्रमुख अन्जार आलम, उप प्रमुख निमसरि राजबंशि, स्थानीय राजनीतिक अगुवा नबराज भट्टराई लगायतले बोलेका थिए ।
खेलकुद अन्र्तगत अन्तर बिद्यालयस्तरीय फूटवल प्रतियोगीता शुरु भएको हो ।
यसमा कचनकवलका ११ माध्यमिक बिधालय सहभागी रहेकाछन् ।




