९,असोज,सुनसरी । पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।पानीको बहाव बढेपछि नदीमा खतराको संकेतस्वरुप रातो बत्ति बालिएको छ । आइतबार बिहान ७ बजे गरिएको मापन अनुसार पानीको बहाव १ लाख ९० हजार ५ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।
अहिले कोशी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएका छन् । पानी १ लाख ५० हजार क्युसेकभन्दा माथि गएपछि व्यारेजमा खतरा स्वरुप रातो बत्ति बाल्ने गरिएको छ । यो बर्ष सप्तकोशी नदीका पानीको बहाव बढेर २ लाख ८४ हजार सात सय १० क्युसेकसम्म पुगेको थियो ।



