काठमाडौं। एक प्रचलित लोक कथाका अनुसार एक जना गरिव व्यक्ति आफ्नो गधासँग गाउँ बाहिर जाँदै थिए। उनले बाटोमा एउटा चम्किलो पथ्थर फेला पारे। गरिव व्यक्तिले त्यो पथ्थर उठाए अनि निकै ध्यान पूर्वक हेरे। उनले त्यसलाई सामान्य पथ्थर ठानेर गधाको घाँटीमा बाँधिदिए।
केही अगाडि गएपछि एक जना धनी व्यक्तिले गधाको घाँटीमा बुहमूल्य हीरा देखे।

 

धनी व्यक्तिलाई यो गरिव व्यक्तिले हीरालाई नचिनेर गधाको घाँटीमा बाँधेको भन्ने कुरा बुझ्न समय लागेन। धनी व्यक्तिले गरिव व्यक्तिलाई गधाको घाँटीमा रहेको पथ्थर आफूलाई बेच्न आग्रह गरे। गरिवले सय रुपैयाँ आफूलाई लिएर उक्त पथ्थर लैजान आग्रह गरे। धनी व्यक्तिले उक्त पथ्थर ५० रुपैयाँमा दिन आग्रह गरे। गरिवले ५० रुपैयाँमा नदिने भन्दै उनी त्यहाँबाट अगाडि बढे।

 

धनी व्यक्तिले त्यो गरिवलाई यो पथ्थरको मूल्य थाहा छैन। एक छिनपछि उसले आफूलाई ५० रुपैयाँमा पथ्थर बेच्छन् त्यसो हुँदा मेरो ५० रुपैयाँ पनि बच्छ र हीरा पनि मेरो हुन्छ भन्दै सोचेर बस्न थाले।

 

गरिब व्यक्ति अगाडि जाँदै गर्दा अर्को एक जना सेठ (धनी मान्छे) फेला भेटिए। सेठले पनि गधाको घाँटीमा बाँधेको पथ्थर किन्ने कुरा गरे। गरिवले योपटक उक्त पथ्थरको मूल्य २०० रुपैयाँ बताए। सेठले तत्काल पैसा निकालेर दिए र हीरा किने।

 

केही समयपछि पहिला भेट भएको सेठ गरिव मानिस भएको ठाउँमा पुगेर हेर्दा त गधाको घाँटीमा हीरा थिएन। सेठले हीराको विषयमा गरिव व्यक्तिसँग सोधे, उनले आफूले २०० रुपैयाँमा पथ्थर बेचेको सुनाए। गरिवको कुरा सुन्ने वित्तिकै रिसाएका सेठले भने, ‘तँ कति मुर्ख रहेछस्, त्यो बहुमूल्य हीरा थियो, मात्र २०० रुपैयाँमा बेचिस्।’

 

सेठको कुरा सुन्ने वित्तिकै गरिव व्यक्ति हाँस्दै भने, ‘सेठजी मुर्ख म होइन तपाइँ हो। मैले त्यो पथ्थरलाई चिन्न सकिन। तर तपाइँले हीरा चिन्नु हुन्थ्यो। तै पनि ५० रुपैयाँको लोभमा परेर बहुमूल्य हीरा किन्ने अवसर गुमाउनु भयो। मलाई होइन तपाइँलाई ठूलो घाटा लाग्यो।’

 

यो कथाबाट के शिक्षा पाइन्छ भने मानिसहरु स–सानो लोभ लालचमा परेर ठूलो अवसर गुमाउँछन् र ठूलो नोक्सान हुन्छ। यदि हामीले अवसरलाई चिन्न सक्यौं भने सधैं सफलताको मार्गमा अगाडि बढ्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर