काठमाडौं । विगतमा मरुभूमिहरु साँच्चै अनुत्पादक थिए । अर्थहिन जस्तै थिए । मरुभूमिसित मान्छेको डर थियो । तर अब यो विस्तारै हटेको छ । आजकल त प्रायः मानिसहरु मरुभूमिप्रति मोहित पनि भएका छन् । युरोप महादेशबाहेक विश्वका अन्य सबै महादेशहरुमा मरुभूमि पाइन्छ । विश्वको मानचित्र पल्टाएर हेर्ने हो भने २० डिग्री उत्तरी अक्षांशको बीचमा मरुभूमिको फैलावट छ । सबैभन्दा धेरै भु-भाग ओगटेको महादेश अफ्रिका हो । यो महादेशमा प्रसिद्ध साहारा मरुभूमि र कालाहारी मरुभूमि रहेको छ । यसले अफ्रिका महादेशको धेरैजसो उत्तरी भू्भाग ओगट्नुका साथै यो मरुभूमीको फैलावट मोरक्को, अल्जेरिया, ट्युनिसिया, लिविया, इजिप्ट, माली, नाइजेरिया लगायतका उत्तर अफ्रिकी एघारवटा देशहरुमा छ ।

 

कालाहारी अफ्रिकाको नाम चलेको अर्को मरुभूमि हो । यो दक्षिण अफ्रिकाको पश्चिमपट्टि पर्छ । एसिया महादेशमा पनि प्रशस्त मरुभूमिहरु छन् । अरबको मरुभूमि, पर्सियाको खाडी वरिपरिका मरुभूमि, भारत र पाकिस्तानसम्म फैलिएको थार मरुभूमि अनि मध्य एसियाको गोवी मरुभूमि । अरब प्रायदिप करिब आफैंमा एउटा मरुभूमि हो । मध्य एसियामा पर्ने टक्ला मकाप अर्को मरुभूमि हो । यो पहाडहरुले घेरिएको छ । त्यस्तै एसियाकै मध्य भागमा पर्ने अर्को मरुभूमि भन्दा थोरै भिन्न छ । यो मरुभूमिको धेरैजसो भागहरुमा झाडी र घाँसहरु उम्रिएका छन् । यो मरुभ्रुमिले करिब ६० लाख वर्गमाइल भूभाग ओगटेको छ ।

 

भारत र पाकिस्तानमा फैलिएको अर्को मरुभूमि थार मरुभूमि हो । यसले यी दुई लाख वर्ग किमी भू–भाग ओगटेको छ । यो मरुभूमिमा पातलो बसोबास छ । यहाँ अति थोरै पानी पर्छ । अट्टाकामा मरुभूमि दक्षिण अमेरिकामा पर्ने मरुभूमि हो । यो दक्षिण अमेरिकी देश चिलीको एण्डिज पर्वत श्रृङ्खलामा फैलिएको छ । यहाँको जमिन यति तातो छ कि यसको भू–भागमा कुनै पनि वनस्पति उम्रन सक्दैनन् । डेथ भ्याली उत्तर अमेरिकामा पर्ने मरुभूमि हो । यो मरुभूमि पनि पहिले पहिले त डरलाग्दो थियो ।

 

प्रविधिको बिकास र नयाँ कुराहरुको खोजले यो डर अब सामान्यकरण हुँदै गएको छ । अष्ट्रेलियाको पनि एक तिहाइ भाग त मरुभूमिले नै ढाकेको छ । बालुवै बालुवाले छोपेको यो भागमा गर्मी त निकै नै हुन्छ । तथापी, वर्षमा एकपटक पानी पर्छ । दिनमा जब घाम लाग्छ मरुभूमिहरु सुख्खा र शान्त हुन्छन् । जुन लागेको बखत मरुभुमि चाँदी जस्तै टल्कन्छ । अनि रातमा तापक्रम पनि अलिकति घट्छ । घामको तातो राप छल्न लुकेका जीवहरु रातमा बाहिर निस्कन्छन् र आफ्नो आहार खोज्छन् ।

 

मरुभूमिमा धमिरा, पुतली, झिंगा, कमिला र माहुरी जस्ता कीराहरु त प्रशस्तै पाइन्छन् भने छेपारो र सर्पहरु असंख्य हुन्छन् अनि कतै कतै गोही पाइन्छ । अष्ट्रिच नामको चरा अफ्रिकाको मरुभूमिमा पाईन्छ । मरुभूमिका कुनै कुनै भागहरुमा पानी हुन्छन र त्यस्ता ठाउँहरुमा केही वनस्पतिहरु उम्रन्छन् । मरुभुमिको धिपधिप बलिरहेको बालुवामुनी संसारका बहुमूल्य सम्पत्तिको भण्डार लुकेको छ भनिन्छ ।

 

हुनत दक्षिण अफ्रिकी देश वत्सावना संसारको सबैभन्दा धेरै हीरा उत्पादन गर्ने देश हो । यो देश कालाहारी मरुभूमिमा पर्छ भने अष्ट्रेलिया फलामको भण्डार । विगतमा मरुभूमिहरु साँच्चै अनुत्पादक र अर्थहित जस्तै थिए भनिन्छ । त्यो बेला मरुभूमिसित मान्छेको डर थियो तर अब यो विस्तारै हटेको छ । यो प्रविधिको विकासले सम्भव भएको हो । अब केही मान्छेहरु मरुभूमि प्रति मोहित पनि भएका छन् । उनीहरु भन्छन् अचम्म लाग्दो त के छ भने मरुभूमिमा जब पानी पर्छ सुकेको जस्तै देखिने सिउँदी र अन्य झाडी हरियो भएर जुरुक्क उठ्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर