नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो। ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै नेपाल बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तानभन्दा अगाडि परेको हो। ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ। विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो। रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।
विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे २. डेनमार्क ३. आइसल्यान्ड ४. स्विजरल्यान्ड ५. फिनल्यान्ड ६. नेदरल्यान्ड्स ७. क्यानडा ८. न्युजिल्यान्ड ९. अष्ट्रेलिया १०. स्विडेन
विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन १४७. दक्षिण सुडान १४८. लाइब्रेरिया १४९. गिनी १५०. टेङ्गोे १५१. रुवान्डा १५२. सिरिया १५३. तान्जेनिया १५४. बुरुन्डी १५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक



