८ चैत – बेलायतका राजकुमार ह्यारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको भन्दै पर्यटकहरुलाई नेपालको भ्रमण गर्न सुझाव दिएका छन्।

गत वर्ष नेपालको भ्रमण गरेका र अफगानिस्तानमा गोर्खा सैनिकहरुसंगै बसेका राजकुमार ह्यारीले गोर्खालीहरुको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गरे।

 

नेपाल बेलायतबीच संबन्ध कायम भएको दुईसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा सोमबार सहभागी भएका बेला राजकुमार ह्यारीले उक्त अभिव्यक्ति दिएका हुन्।

नेपाल बेलायतबीच सम्बन्ध कायम भएको दुईसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन राजकुमार ह्यारी दूतावास प्रांगणमा पुग्दा उनको भव्य स्वागत गरिएको थियो।
सो कार्यक्रमलाई संबोधन गर्दै उनले ठिक एक वर्ष अघि आफु नेपाल पुगेको स्मरण गरे।

“ठिक एक वर्ष अघि मैले नेपाल भ्रमण गर्ने मौका पाएको थिएँ। मैले भेटेका सबैजनाले मलाई दिनुभएको न्यानो स्वागत र आतिथ्य, खासगरी मँगली तामाङ र उहाँको परिवार जसको घरमा म बसें, त्यो मैले कहिल्यै बिर्सने छैन,“ उनले भने।

पुनर्निर्माणमा सहयोग

भूकम्प गएको झण्डै एक वर्ष पछि नेपाल पुगेका राजकुमार ह्यारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउँमा गाउँलेहरुसंगै ढुँगा र माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए।

बर्दिया राष्ट्रिय निकुन्जको पनि भ्रमण गरेका राजकुमार ह्यारीले सो निकुन्ज समुदायलाई सशक्त बनाएर कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुराको संसारमै एक उदाहरण भएको बताए।

विध्वंशकारी भूकम्प पछि ब्रिटिश तथा अन्य निकायहरुको सहयोगबाट नेपालमा गरिएको राहत कार्यको प्रशंसा गर्दै राजकुमार ह्यारीले पुनर्निर्माणको काममा समय लाग्ने बताए। उनले नेपालको पुनर्निर्माणको यात्रामा ब्रिटिश जनताको साथ रहने पनि बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah