एजेन्सी । आमा र बच्चाको माया संसारमा नै सबैभन्दा पवित्र मानिन्छ । एउटी आमाले आफ्नो बच्चालाई कति माया गर्छिन्, त्यो शब्दमा बयान गर्न सकिँदैन । जुन अपरम्पार छ ।
तपाई यो कुरा सुनेर अचम्ममा पर्नुहुनेछ कि मेक्सिकोमा एक आमा-छोरोबीच भिन्न प्रकारको सम्बन्ध छ भन्दा । मारिया नाम गरेकी एक महिला आफ्नो छोरा पीटरसँग विवाह गर्ने अडानमा छिन् । हुन त उनीहरुबीच यस्तो सम्बन्ध गाँसियो कि पीटर पनि मारियासँग विवाह गर्न चाहन्छन् । मेक्सिको सरकारले यस प्रकारको सम्बन्ध गैरकानुनी भन्दै तीन वर्षका लागि एकअर्काबाट टाढा गराएर सुधार गृहमा राखिदिएको छ ।
हुन त यी दुईको कहानी पनि निकै रोचक छ । मारियाले १६ वर्षको उमेरमा पीटरलाई जन्म दिएकी थिइन् तर उनले पीटरको पालनपोषण भने गरिनन् । अर्का एक दम्पतीले पीटरलाई धर्मपुत्र बनाए । यी आमा-छोराको १८ वर्षसम्म भेट भएन । तर, जब उनीहरु एकआपसमा भेट भयो, अनायसै उनीहरुबीच माया बस्यो । जब उनीहरुले आफूहरु आमा-छोरा भएको थाहा पाए, त्यसबेला उनीहरुको सम्बन्ध निकै माथि पुगिसकेको थियो । उनीहरु आमा-छोराको सम्बन्धमा थिएनन् ।
एक समय उनीहरु निराश भएका थिए । तर उनीहरुले उक्त निराशपनालाई विवाहमा बदल्न निर्णय गरे, पुरानो जिन्दगीलाई त्यसै छोड्ने सोच बनाए । सोचेअनुरुप हुन सकेन, किनकी उनीहरुका एक छिमेकीले उक्त मामलाबारे जानकारी पाए र प्रहरीलाई खबर गरिदिए । जसपश्चात प्रहरीले उनीहरुलाई गिरफ्तार गर्यो । अहिले ती आमा-छोरा छुट्टाछुट्टै स्थानमा छन् ।



