२७ वर्षकी यमुना (नाम परिवर्तन) बैधानिक बाटोबाट खाडीमुलुक पुग्नुभयो । कम्पनीमा काम गर्ने भनेर गएकी यमुना त्यहाँ पुगेपछि घरेलु काममा पर्नुभयो । दुई वर्ष घरेलु कामदार बनेकी यमुनालाई दिनुसम्मको कष्ट दिइयो । कामका साथै निरन्तर शारिरीक शोषण भयो । घरमालिकले बलात्कार गरिरह्यो । बाबुसँगै छोराहरूले बलात्कार गरे । कतिसम्म भने त्यो घरमा आउने पाहुनाको स्वागतसमेतमा यमुनाले शरीर सुम्पिनुप¥यो । शारीरिक शोषणको विरोध गर्दा उनलाई कुटपिट गरिन्थ्यो । बरण्डामा सुताइन्थ्यो ।

घरमालिक, छोराहरू र त्यो घरमा आएका पाहुनाको निरन्तर यौन शोषणमा परेकी यमुना दुई वर्षपछि नेपाल फर्किन सफल हुनुभएको छ । दुई वर्षसम्म काम गर्दा उहाँले पैसा पाउनुभएन । घरमालिकले आउन दिएको थिएन । यमुनाका अनुसार, कुरान छोएर फेरि फर्किने बाचा गरेर नेपाल आएको हुँ । मोबाइल बेचेर भाडा बनाएँ ।’

एजेन्ट, म्यानपावरलाई कारबाहीका लागि यमुनाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा उजुरी दिनुभएको छ । बाँके प्रहरीले एजेन्टको खोजी भइरहेको जनाएको छ । जिप्रकाका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले यमुनाको उजुरीकाबारेमा अनुसन्धान भइरहेको बताउनुभयो । ‘विदेश पठाउनेको खोजी गरिरहेका छौं, थापाले भन्नुभयो ।

श्रीमानले छोडेपछि दुई÷चार पैसा कमाउनका लागि खाडी गएकी यमुनाले पाउनसम्म दुःख कष्ट पाउनुभयो । उहाँको शरीरका विभिन्न भागमा अहिले पनि कुटाइ डामहरू छन् । आफूलाई नर्कमा पु¥याउनेलाई कारबाही गराउनका लागि यतिबेला यमुना प्रहरी कार्यालयमा धाइरहनुभएको छ ।

बैधानिक बाटोबाट जाँदा पनि यमुना जोखिमपूर्ण काममा पर्नुभयो । जबकी नेपालगञ्ज नाका हुँदै भारत भएर अवैध बाटोबाट वर्षेनी खाडीमुलुक जाने चेलीको संख्या कमी छैन ।

नेपालगञ्ज नाका भएर खाडी मुलुक जान भारत हिडेका ५ हजार हाराहारी चेलीलाई नाकाबाट फर्काउने गरिन्छ । वर्षेनी ५ सय बढी चेलीको त घरपरिवारले लामो समयदेखि सम्पर्क नभएको भन्दै खोजतलासका लागि निवेदन दिने गर्दछन् ।
लामो समयदेखि घरपरिवारको सम्पर्कमा आएकाहरू प्रायः जोखिमपूर्ण काममा पर्ने बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाको दावी छ । माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाका अनुसार, हराएको भनेर खोजतलासका लागि आउनेहरू अधिकांश उच्च जोखिममा परेको हुन सक्छन् ।

मानव बेचबिखनविरुद्ध राज्य र गैरसरकारी निकायले जति नै कडाई गरेपनि एजेन्टले घरघरमा पुगेर नेपाली चेलीलाई खाडीमा पु¥याइरहेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले कडा सजायको व्यवस्था गरेसँगै प्रहरीले दलालविरुद्ध अप्रेसनहरू चलाएका छन् ।

‘हामीले नाका पार गराउनेलाई मात्रै होइन, पठाउनेलाईसमेत समातेर कारबाही अगाडि बढाएका छौं, बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले केही दिनअघिको घटना स्मरण गर्दै भन्नुभयो, सबैको पक्षको समन्वय र साथले मात्रै यस्तो धन्दा रोकिन सक्छ ।’नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah