जनताको काम गर्दा मारिनुपर्ने हो ?
असोज १०-काठमाडौं – सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकपुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाईकारबाही गनुस्पर्ने माग गरेको छ ।
सरकारले मुद्दा फिर्ता लिने तयारी गरेकोमा आफूहरुलाई दुःखी बनाएको परिवारले बताएको छ ।
प्रचण्ड नेतृत्वको सरकार गठन हुनुपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति भएको थियो ।
तीन बुँदे सहमतिमा आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने गरी कांग्रेस र माओवादीले मधेसी मोर्चासँग सहमति गरेका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।



