काठमाडौं, १० असोज । अर्धसरकारी स्वामित्वको गोरखाली रबर उद्योगका मजदुर पारिश्रमिकको लागि सरकार फेरिएपपिच्छे मन्त्रालय धाउने गरेका छन् ।

उनीहरु विभिन्न नेताका साथ लागेर अर्थ र उद्योग मन्त्रालय धाउने गरेका छन् । भूकम्पपछि बन्द रहेको उद्योगले श्रमिकलाई तलसमेत दिन सकेको छैन ।

महिनौदेखि तलब नपाएपछि उयनीहरु मन्त्रालय आउन बाध्य भएका आजको कारोबार दैनिकमा खबर छ ।

रबर उद्योगका महाप्रवन्धक दिनेश बर्तौलाले श्रमिकलाई तलब खुवाउन १० करोड रुपैयाँ लाग्ने बताए ।
‘कर्मचारीको तलब, भत्ता तथा इन्स्योरेन्सका लागि १० करोड रुपैयाँ लाग्छ,’ वर्तौलाले भने,‘अवकास प्राप्त कर्मचारीको भत्ता तथा इन्सेन्टिभका लागि ३ करोड लाग्छ ।’

उनले हाल उद्योगमा कार्यरत धेरैजसो कर्मचारी अवकाशमा जान चाहेको बताए। उद्योगका मजदुरहरु पारिश्रमिक नपाउँदा मन्त्रालय नै आउनु परेको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले बताए ।

उद्योग मन्त्रालयबाट एक पटकलाई तलव खुवाउन स्वीकृत भए पनि अर्थ मन्त्रालयमा फाइल अड्किएको उनको भनाइ छ ।

उद्योग मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गोरखकाली रबर उद्योगका मजदुरलाई तलब दिन ९ करोड ९६ लाख रुपैयाँ निकासा गर्ने सिफारिस भएको थिाये । तर, अर्थबाट रकम निकासा नभएपछि मजदुर तथा कर्मचारी बिना पारिश्रमिक वर्ष गुजार्नुको बाध्यतामा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah