अमेरिकी राज्य प्युर्टेरिकोमा एक जनालाई कुकुरको टाउको टोकेको आरोपमा ७ वर्षको जेल सजाय भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ४० वर्षीय लुइस अर्रोयोलाई जनावरमाथि खराव व्यवहार गरेको र घरेलु हिंसामा दोषी पाइएको भन्दै अदालतले उक्त सजाय तोकेको हो । यसअतिरिक्त उनलाई ३ हजार डलर जरिवाना पनि तिराइने भएको छ ।

लेर्स सहरमा बस्दै आएका उनले गत फेब्रुअरीमा प्रेमिकाको घरमा रहेको दुई महिनाको कुकुरलाई टोकेका थिए । उनले कुकुरको टाउको मै नराम्ररी टोकेका कारण घटनास्थलमै कुकुरको मृत्यु भएको बताइन्छ । त्यतिबेला उनले प्रेमिकालाई पनि आक्रमण गरेको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार अर्रोयो बेरोजगार थिए । उनी विगत ६ महिनादेखि ३८ वर्षीय प्रेमिकाका साथ बस्दै आएका थिए ।

कुकुर र प्रेमिकालाई उनले त्यसरी हमला गर्नुको कारणबारे सार्वजनिक रुपमा खुलाइएको छैन । (एजेन्सी)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah