काठमाडौं, असार २४ । मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । हकङकङलाई ६ विकेटले हराउँदै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । जीतसँगै नेपाल श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको छ । आज कङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा पवन सराफले ३९, रित गौतमले १३, खडक बोहराले ८, कप्तान रोहित पौडेलले १२ र भीम सार्की ८ रनमा नटआउट रहे ।

बलिङमा कङकङका रौनक कपुरले २, मोहम्मद हसन र मोहम्मद हसन खानले एक–एक विकेट लिए । यसअघि किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४, कलहान चल्लाले १९ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका सागर ढकालले ५, कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकसिंह भण्डारीले एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय