असार २६, २०७६
काठमाडौं – क्रिकेट विश्वकपबाट भारत बाहिरिएको पीडा कोलकाताका एक प्रशंसकले सहन सकेनन् र उनको मृत्यु भयो ।

विश्वकपको सेमीफाइनलमा चेज गरिरहेको भारतीय टीमले रविन्द्र जडेजा र एमएस धोनीको शानदार साझेदारीले भारतको जीतको आशा जगाएको थियो ।

 

तर जडेजा अनि लगत्तै धोनी आउट भएपछि चाहिँ भारतीय टीमका प्रशंसकहरू उदासीको लहरमा डुब्न पुगे ।

रोमाञ्चक भिडन्त चरममा पुग्दै गर्दा साइकलपसले श्रीकान्त मैती आफ्नो पसलमा बसेर मोबाइलमा खेल हेरिरहेका थिए । अन्तिम ११ बलमा भारतले २५ रन बनाउनुपर्ने थियो । ४९औं ओभरको दोस्रो बलमा कुनै रन बनेन । तेस्रो बलमा

धोनीले एक रन तीव्रताका साथ दौडिए र दोस्रो रन लिन कुदे । तर मार्टिन गप्टिलको सीधा थ्रोले धोनीको विकेट उडाइदियो र उनी सानो मार्जिनले रनआउट भए ।

गप्टिलको यही थ्रोले टीम इन्डियाको आशामा तुषारापात गरिदियो । पसले श्रीकान्तले पनि यो पीडा सहन सकेनन् र धोनी आउट भएको केही समयपछि नै उनको मृत्यु भयो ।

श्रीकान्तकै पसलनजिक मिठाइपसल चलाउने सचिन घोष भन्छन्, ‘चर्को आवाज सुनेपछि हामीहरू उनको पसल पुग्यौं । उनी बेहोश भएर भुइँमा लडिरहेका थिए । हामीले उनलाई नजिकैको खानकुल अस्पताल लग्यौं अनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।’

म्यानचेस्टरमा खेलिएको उक्त खेलमा न्युजील्यान्डले भारतलाई १८ रनले हरायो । फाइनल असार २९ गते लर्ड्समा खेलिनेछ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय