काठमाडौं, २८ असार । नेपालले मलेशियालाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ । मलेसियाले नेपालसामु जितका लागि १२९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले ५ छक्का र आठ चौका हिर्काए । शरद भेष्वाकर १६ रन बनाएर नट आउट रहे ।

आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेशियाको भ्रमणमा रहेको छ । यसअघि किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । मलेशियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा ७ चौका र १ छक्का हिर्काए । यस्तै कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का हिर्काए ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए । उता सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेशियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्ने छ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्ने छ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah