काठमाडौं। टि–२० विश्वकप पुग्ने लक्ष्यसहित गएको नेपाली क्रिकेट टोली अहिले मलेसियामा छ । विश्वकप छनोटसम्म पुग्नको लागि एशिया फाइनल खेल्नुअघि नेपालले मलेसियासँग टि–२० सिरिज खेलेको थियो जन सिरिज नेपालले क्लिनस्विप गर्यो । त्यसपछि नेपाली टोलीले मलेसियामै रहेर अभ्यास गरिरहेको छ ।

एशिया फाइनल यही जुलाई अन्तिम साता सिंगापुरमा हुँदैछ । यो प्रतियोगितामा विजेता बन्न सके नेपाल युएइमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । एशिया क्वालिफायरमा ५ टोली छन् । यीमध्ये शीर्ष १ टोलीले मात्र युएइमा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछ । ग्लोबल क्वालिफायरका शीर्ष ६ टोलीले विश्वकप खेल्न पाउनेछन् । एशिया क्वालिफायरमा नेपालसहित मलेसिया, घरेलु टोली सिंगापुर, कतार र कुवेत छन् । फोटोमा हेर्नुहोस् नेपाली खेलाडीको अभ्यास –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय