#

पहिलाे एसेज टेस्टमा इंग्ल्याण्ड अस्ट्रेलियासँग २५१ रनले हार्‍यो

  एजेन्सी   २०७६ श्रावण २०, सोमबार २१:०९ मा प्रकासित

आईसीसी एकदिवसीय विश्वकपको उपाधि विजेता टिम इंग्ल्याण्ड अष्ट्रेलियाविरुद्धको पहिलो एसेज टेस्टमा पराजित भएको छ । जसमा इंग्ल्याण्ड अष्ट्रेलियासँग २५१ रनले पराजित भयो । एज्बास्टनमा भएकाे खेलको चौथो दिन अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो । उसका लागि स्टिभ स्मिथले शतकीय पारी खेले । स्मिथले एक १४२ रनको शानदार पारी खेले । उनको यो लगातार दोस्रो शतक हो ।

 

करियरको २५ औं र एसेजमा दशौं शतक प्रहार गरेका स्मिथ क्रिस ओक्सको बलमा आउट भएका थिए । उनले पहिलो पारीमा १४४ रन बनाएका थिए । म्याथ्यु वेडले ११० रनको योगदान दिए । ट्रेभिस हेडले ५१, टिम पेनले ३४, जेम्स पेटिन्सनले अविजित ४७ रन बनाए । अस्ट्रेलियाले पहिलो पारीमा २८४ र इंग्ल्याण्डले ३७४ रन बनाएको थियो ।

 

दोस्रो पारीमा इंग्लयाण्ड १४६ रनमा अलआउट भयो । उसका लागि कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाउनेमा क्रिस ओक्स बने । उनले ३७ रन बनाए ।

यस्तै जेसन रोय र कप्तान जोय रुटले समान २८–२८ रन बनाए । इंग्ल्याण्डलाई दोस्रो पारीमा ध्वस्त बनाउन नाथन लियोनले ६ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु