नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ। आउँदै गरेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि भिसाको आवेदन दिएका सन्दीपको भिसा अमेरिकाले अस्वीकार गरेको हो ।

लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएको भन्दे आश्चर्य व्यक्त गरेका छन् । सन्दीपले ट्वीटमा लेखेका छन्, ‘आउँदो क्यारिबियन प्रिमियर लिग(सीपीएल– २०१९) का लागि आज९मंगलबार० म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे।’

सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

उनले लेखेका छन्, ‘मसँग कुनै शब्द थिएन् र म हास्दै ती सबैकुरा हेरिरहेको थिए । मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ ।’

सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री युवराज ज्ञवाली लगायतलाई मेन्सन गरेका छन्। सीपीएल आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुँदैछ। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा थिए। नयाँ पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah