आश्विन ११, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । मंगलबार बालुवाटार निवासमा भेट्न आएका मधेसी मोर्चा नेतासँग कुरा गर्दै दाहालले यस्तो आश्वासन दिएका हुन् ।

‘सहमति जुटेका विषयमा साझा धारणा बनाऔं, सीमांकनका बारेमा विवाद समाधान गर्न बाँकी जिल्लालाई सीमांकन पुनरावलोकन आयोगको जिम्मा लगाएर भए पनि दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने दायित्व सरकारको हो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यति गर्न सकियो भने राम्ररी दसैं मान्न पनि पाइन्छ ।’

बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मोर्चाका तर्फबाट संविधान संशोधन प्रक्रिया अघि बढाउन किन ढिलाई भएको हो भनी जिज्ञासा राखे । प्रधानमन्त्री दाहालको पहलमा मधेस आन्दोलनको सम्बोधन हुने विश्वासमा आशंका बढ्दै गएको भन्दै महतोले माग सम्बोधन नहुने भने सरकारलाई दिएको समर्थन फिर्ता समेत हुन सक्ने चेतावनी दिए ।

‘संविधान संशोधन हुने कुरा बाहिर चर्चामा आइरहेको छ, हामीसग सरोकार राख्ने विषयमा अहिलेसम्म सोधपुछ पनि नहुनु अनोठो छ,’ महतोले बैठकमा भने, ‘प्रष्ट धारणा चाहियो ।’

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार, त्यसपछि दाहालले सरकारका कारण ढिलाई नभएको प्रष्टयाउदै दसैं अघिसम्म कुर्न आग्रह गरे ।

‘मुद्दा फिर्तालगायत प्रक्रियाका लागि महान्यायाधीवक्तासग एक पल्ट परामर्श गर्ने, बाकी विषयमा एउटा मस्यौदा समिति नै बनाएर संशोधन प्रस्ताव तयार गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ,’ झाले भने ।

भेटमा संघीय समाजवादी पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष लालबाबु राउत, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल कुमार झा, थरुहट पार्टी नेता गोपाल दहित, नेपा: पार्टीका विजय सैंजू, गृहमन्त्री विमलेन्द्र निधीलगायत सहभागी थिए ।

सरकारले मोर्चाको सहमति नमिले एकतर्फी रुपमा यसै साता संविधान स.शोधन प्रस्ताव दर्ता गराउने भनिए पनि ढिलाई हुदै आएको थियो । सीमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक क्लस्टर, नागरिकता, भाषालगायत विषयमा आफ्ना माग सम्बोधन नभएको भन्दै मोर्चा आन्दोलनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah