काठमाडौं – जमैकामा भइरहेको एक फूटबल म्याचमा चट्याङ परेपछि कैयौं खेलाडीहरूलाई उपचार गर्नुपरेको छ ।
वुल्मर्स बोयज स्कूल र जमैका कलेजबीच सोमवार भएको म्याच सकिन लाग्दा चट्याङ परेको थियो ।
घटनाको फूटेजमा चट्याङ परेपछि दुईजना खेलाडी घुँडा मारेर बसेको र टाउको समातेको देखिन्छ ।
त्यसपछि पनि म्याच चालू रहन्छ तर अन्य खेलाडी र प्रशिक्षकहरूले खेलाडीलाई गाह्रो भएको थाहा पाएर सहायता गर्न दौडिन्छन् ।
पाँचजना खेलाडीलाई अप्ठ्यारो परेपछि रेफ्री कार्ल टाइरेलले खेल बन्द गरेका थिए ।
जमैका कलेजका टेरेन्स फ्रान्सिस र वुल्मरका ड्वेन एलेनलाई निकै चोट लागेको र उनीहरूलाई युनिभर्सिटी हस्पिटल अफ द वेस्ट इन्डीजमा उपचारका लागि लगिएको थियो ।
एलन उपचारपछि घर फर्किएको अनि फ्रान्सिस अस्पतालमा निको भइरहेको बताइएको छ ।
Four schoolboy footballers have been struck by lightning during a Manning Cup match between Jamaica College and Wolmer's School for Boys at the Stadium East Field in St Andrew. The boys, two from each school, were not seriously injured. The match has been called off. Details soon pic.twitter.com/DU9GrpsJlr
— Jamaica Gleaner (@JamaicaGleaner) September 16, 2019
UPDATE: Schoolboy football organiser @ISSASportsJA is reporting that the two Jamaica College boys struck by lightning have been admitted to hospital. The second complained of chest pains. ISSA says tests were done and an ECG showed irregularities. Player being held overnight. pic.twitter.com/EczBu4TMys
— Jamaica Gleaner (@JamaicaGleaner) September 17, 2019



