काठमाडौं। तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

बल पोजिसनमा पकड जमाएपनि नेपालले खेलको ४१ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए ।

दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनाए । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जिङ जिग्मीले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा गोल गर्दै भुटानले ३-० को जित निकाल्यो ।

हारसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ ।

भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ ।

अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।

उक्त खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah