एजेन्सी / स्पेनिस लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्ला रियललाई २–१ गोल अन्तरले हराएको हो ।

पिँडुलाको चोटबाट निको हुँदै  मैदान फर्किएका लियोनल मेस्सीको थाईमा समस्या देखिएपछि उनी दोस्रो हाफमा मैदानमा देखिएनन् ।

अर्जेन्टिनी फरवार्डले स्पेनिस लिगमा ४ सय खेल पुरा गरे । उनकै कर्नरमा एन्टोनी ग्रिजम्यानले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

ग्रिजम्यानले छैटौ मिनेटमा गोल गरेका हुन् । अर्तुर भिडालले १५ औ मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

क्याजोलाले ४४ औ मिनेटमा भिल्ला रियलका लागि एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।जितपछि बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेस्सीको चोट सामान्य रहेको प्रतिक्रिया दिए ।

बार्सिलोना तीन अंक बटुल्दै तालिकाको चौथो स्थानमा उक्लियो । सिजनको खराब सुरुवात गर्ने क्रममा बार्सिलोनाले ४ खेलबाट १० अंक जोड्यो ।

भिल्ला रियल ८ अंक सहित तालिकाको आठौं स्थानमा छ ।मेस्सीलाई फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले स्थानान्तरण गरेका थिए ।

नवप्रवेशी क्लब ग्रानडा तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिको बिल्बाओ दोस्रो स्थानमा रहदाँ रियल मड्रिड तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah