काठमाडौं / नेपालका दुई क्रिकेटर सन्दिप लामिछने र पारस खड्काबीच तनावको स्थिती देखिएको छ । लामिछानेले कप्तान पारस खड्कालाई सामाजि सञ्जाल ट्वीटर र इन्स्टाग्राममा अनफलो गरिदिएपछि यस्तो स्थिति बनेको हो ।
लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर हुन भने खड्का अलराण्डर प्लस ब्याट्स्मेन हुन् । उनीहरु दुवैको नेपाली क्रिकेटमा उस्तै उचाइ रहेको छ । तर लेग स्पेनरले अन्तराष्ट्रिय क्षेत्रमा खड्को भन्दा धेरै खेल खेल्दै आएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रदर्शनलाई लिएर चर्चा भइरहेपनि यतिबेला नेपालमा भने उनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालबाट हटाएको (अनफलो) गरेको विषयले चर्चा पाइरहेको छ ।

नेपाली टोली बुधबारै सिंगापुर र ओमान सिरिजका लागि विदेश यात्रामा रहँदा कप्तान पारस र लेग स्पिनर सन्दीपबीचको सम्बन्धलाई लिएर नेपालमा चर्चा चलिरहेको छ ।
नेपाली खेलाडीबाट सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर पाएका सन्दीपले सिमित व्यक्तिहरुलाई मात्रै फलो गरेका छन् ।
अहिले उनको ट्वीटर ह्यान्डलमा १ लाख ६२ हजार ५ सय फलोअर छन् भने उनले १८ जनालाई फ्लो ब्याक दिएका छन् ।
त्यसमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी, सुवास खकुरेल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासलगायतका खेलाडीसहित केही विदेशी खेलाडीलाई उनले फ्लो गरेका छन् ।
तर, केही समय अगाडिसम्म कप्तान खड्कालाई पनि फलो गरेका सन्दीपको फ्लोइङ लिष्टमा अहिले खड्का छैनन् । यता, सन्दीपको इन्स्टाग्राम अकाउन्टमा पनि कप्तान खड्का अनफ्लो भएका छन् ।
१ लाख ३९ हजार फलोअर्स रहेको इन्स्टाग्राम अकाउन्टमा सन्दीपले क्रिकेटसँग सम्बन्धीत २२ जनालाई फलो गरेका छन् ।
सन्दीपको फलोअर लिष्टमा कप्तान खड्का नभएपछि नेपाली क्रिकेट समर्थकहरु पनि सन्दीपप्रति आक्रोसित भएका छन् ।
यसरी कप्तान र टोलीका अनिवार्य खेलाडी सन्दीपबीच के सम्बन्ध बिग्रिएको हो ? भन्ने जस्ता प्रश्न क्रिकेट समर्थकले गर्न थालेका छन् । विदेश भ्रमणमा निस्किन लागेको नेपाली टोलीका दुई महत्वपूर्ण खेलाडीबारे विवाद पहिलो पटक बजारमा आएको हो ।
क्यानका एक पूर्व पदाधिकारीका अनुसार भने पछिल्लो समय पारस र सन्दीपको सम्बन्धमा केही समस्या देखिएको छ ।



