एजेन्सी/रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राति भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन भेनीसीएस जुनियर र रोड्रीगोले एक एक गोल गरे । रियलले दुवै हाफमा एक एक गोल गरेको थियो ।

सान्टियागो बेर्नाबेउमा खेलको ३६ औं मिनेटमा जुनियरले गोल गर्फ्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ७२ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ ।रियल एट्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिकोको ६ खेलमा १३ अंक रहेको छ ।

एट्लेटिकोले मंगलबार राति मालोर्कालाई २-० ले हराएको थियो । १० खेलाडीमा सिमित बनेको एट्लेटिकोलाई जित दिलाउन डिएगो कोस्टा र जोया फेलिक्सले एक एक गोल गरे ।

यस्तै खेलको ७७ औं मिनेटमा अल्भारो मोरटाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah