काठमाडौं, १२ असोज । मिटर नचलाई यात्रुसँग बढी भाडा असुल्न पाउनुपर्ने लगायत विभिन्न माग राखी मंगलबार ट्यक्सीचालक आन्दोलनमा उत्रे । यात्रु ठग्दै आएका ट्याक्सीको मनोमानी रोक्न नहुने भन्दै नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनले गरेको ¥यालीले मंगलबार राजधानीको ट्रफिक अस्तव्यस्त पा¥यो ।

आजको नागरिक दैनिकमा खबर छ– संगठनले १९ बुँदे माग राखेर सुकेधाराबाट बिहान ९ बजे सुरु ¥याली चक्रपथ, बालाजु, कलंकी, बल्खु, सतादोबाटो, कोटेश्वर हुँदै दिउँसो ४ बजे तीनकुनेमा सकिएको थियो । संगठनका अनुसार ¥यालीमा करिब ४ हजार ट्याक्सी थिए । ट्याक्सी ¥यालीले उपत्यकामा दिनभरजस्तै ट्रफिक जाम भएपछि सर्वसाधारणले निकै सकस भोग्नु परेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र हेलो सरकार कक्षमा दिनहुँ ट्याक्सीले बढी भाडा असुलेको, मिटरमा जान नमानेको र भनेको ठाउँ नजाने गुनासो अत्याधिक आएपछि महाशाखाले वैशाख ८ देखि यस्ता ट्याक्सीमाथि कारबाही थालेको थियो ।

कारबाहीपछि पनि गुनासा नघटेपछि करिब दुई महिनायता महाशाखाले सादा पोसाकका ट्राफिक प्रहरी ट्याक्सी चढ्ने र कारबाही गर्ने अभियान थाल्इो । विभागले पनि गुडिरहेका ट्याक्सी रोकी मिटरमा नचलाउनेमाथि कारबाही थाल्यो । अभियानको सुरुमा दिनहुँ करिब सय वटा ट्याक्सी कारबाहीमा पर्न थाले । अहिले कारबाहीमा पर्ने ट्याक्सी संख्या घटेर ४०÷५० को हाराहारीमा आएको छ ।

यातायात व्यवस्था ऐन २०४९ अनुसार बढी भाडा लिने सावारीमाथि हदैसम्मको कारबाहीका स्वरुप ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

विभागले जनाएअनुसार ट्याक्सीचालकले कुनै जानकारी नदिई आन्दोलन थालेका हुन् । ‘मैले दिउँसो १२ बजेतिर मात्र थाहा पाएँ,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘उनीहरु नै आन्दोलन गर्ने ! के गर्न खोजेको हो बुझ्न सकेका छैनौं ।’

संगठनका अध्यक्ष भरत गुरुङले भने विभाग, मन्त्रालय सबैलाई यस अघि ज्ञापनपत्र बुझाएको दाबी गरे । ‘हामीले प्रधानमन्त्रीलार्य समेत हाम्रा मागबारे ज्ञापनपत्र बुझाएका छौं,’ गुरुङले भने, हाम्रो माग पूरा नभएसम्म जारी राख्छौं ।’

गुरुङका अनुसार प्रहरीले जुनसुकै बेला जाँचबुझ गर्न नहुने, सादा पोसाकका प्रहरीले कारबाही गर्न नहुने, होटलका निजी सवारीसाधनले विमानस्थलबाट यात्रु बोके कारबाही गर्नुपर्ने, मिटर दर प्रतिकिलोमिटर ३६ बाट बढाएर ५५ रुपैयाँ पु¥याउनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah