काठमाडौं– कोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सिंगापुरलाई हराएको छ ।
कप्तान पारस खड्का उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो ।
शनिबार भएको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए।
उनले ९ छक्का र ७ चौकाको मद्यतले सो रन बनाएका थिए। उनलाई आरिफ शेखले ३९ रनमा अविजित रहँदै साथ दिएका थिए। यसअघि ओपनर इशान पाण्डे भने ५ रनमा आउट भएका थिए
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेल्दा जनक प्रकाशले अविजित २५ रन बनाए। सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बटुलेका थिए।
नेपालका लागि करण केसीले २ विकेट लिएका थिए भने डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए।
एक जितसँगै नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। एक खेल खेलेको सिंगापुर भने अंकविहीन अवस्थामा तालिकाको पुछारमा छ।



