एजेन्सी / सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले आज अन्तिम खेलमा घरेलु टिमसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको नेपालले आज सिंगापुरलाई हराएमा उपाधिको संभावना कायमै रहनेछ । तर त्यसकालागि अन्तिम खेलमा सिंगापुरले जिम्बावेलाई पराजित गर्नुपर्नेछ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सिंगापुर क्रिकेट संघले आसन्न टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको यो प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

तर दोस्रो खेलमा कप्तान पारस खड्काको कीर्तिमानी सतकको मद्दतले सिंगापुरलाई ९ विकेटले पाखा लगाएको थियो । तर तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित हुँदा उपाधिमा धक्का लागेको थियो ।

 

आजको खेलमा नेपाली टिममा केहि परिवर्तन हुनसक्नेछ । नेपालको तीन वटै खेलमा ओपनरको समस्या कायमै रहेको थियो । सुरुवाती दुई खेलमा यसै प्रतियोगितामा राष्ट्रिय टिममा डेब्यु गरेका इशान पाण्डेलाई मौका दिएपनि तेस्रो खेलमा उनको स्थानमा पवन सराफलाई खेलाइएको थियो । तर उनी पनि चल्न सकेका थिएनन् । तर पनि आज उनलाई आज खेलाउने प्रबल संभावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah