#

ग्रानडामाथी रियलको सानदार जित,हजार्डको पहिलो गोल

    २०७६ आश्विन १९, आईतवार ०८:११ मा प्रकासित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।

शनिबार भएको खेलमा रियलले ग्रानडा ४-२ गोल अन्तरले पराजित गर्यो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रीगेजले एक एक गोल गरे ।

ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा हजार्डले गोल गर्दै रियलको अग्रता २-० को बनाए । यसै सिजन क्लब आएका हजार्डले रियलका लागि पहिलो गोल गरेका हुन् ।

खेलको ६१ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । ६९ औं मिनेटमा ग्रानडाका डार्विनले पेनाल्टीमा गोल गर्दै खेल ३-१ मा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रानडाका डोमिन्गोसले गोल गर्दा खेल ३-२ को स्थितिमा पुग्यो ।

तर, खेलको ९० औं मिनेटमा रोड्रीगेजले गोल गर्दै रियललाई ४-२ को जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलमा १८ अंक जोडेको छ । रियलको यो पाँचौ जित हो ।

पराजित ग्रानडा ८ खेलमा १४ अंक जोडेर दोस्री स्थानमा छ ।ला लिगा अन्तर्गत नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २-१ ले हराएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु