#

पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज हङकङ र नेपाल भिडदै

  एजेन्सी   २०७६ आश्विन १९, आईतवार ०८:३२ मा प्रकासित

 

काठमाडौं। पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत  नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ ।

ओमानकाे अल अम्रेट क्रिकेट मैदानमा नेपाल सामना गर्दै सिरिजको सुरुवात गर्नेछ ।

खेल नेपाली समय अनुसार पाैने ३ बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल हङकङलाई पराजित गर्न चाहन्छ ।

हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ ।

तर, नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ ।

हङकङपछि नेपालले नेदरल्याण्डसँग सोमबार खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपाल र हङकङबीच हालसम्म ७ पटक टी-ट्वान्टी खेलमा प्रतिस्पर्धा भएको छ ।

जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा बाजी मारेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु