एजेन्सी । सेभियाविरुद्ध गोल वर्षा गर्दै साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्साले आफ्नो घरेलु मैदानमा ४–० को शानदार जीत हासिल गरेको हो ।

अर्नेस्टो भालभर्डेको टोलीले पहिलो हाफमा आठ मिनेटको अन्तरालमा तीन गोल गरेको थियो ।

लुइस सुवारेजले उत्कृष्ट ओभरहेड किकमार्फत बार्साको खाता खोलेपछि अर्टुरो भिडाल र ओसमान डेम्बेलेले एक–एक गोल थपे ।

दोस्रो हाफको अन्त्यतिर लियोनेल मेस्सीले फ्रिकिकमार्फत अर्को गोल गरे ।

खेलको अन्तरतिर बार्सिलोनाका दुई खेलाडीले रातो कार्ड पाएका थिए । २० वर्षीय रोनाल्ड आराउजु र डेम्बेलेले रातो कार्ड पाए ।

जीतसँगै आठ खेलबाट बार्सिलोनाको १६ अंक रहेको छ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा मात्र २ अंकले पछि रहेको छ ।

उता, एथ्लेटिको म्याड्रिड भने रियल भालाडोलिडसँग गोलरहित बराबरीमा रोकिएको छ । चार लिग खेलमा एथ्लेटिको बराबरीमा रोकिएको यो तेस्रो अवसर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर