एजेन्सी/ स्पेन युरोकप फुटबलमा छनोट भएको छ ।तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो ।

मंगलबार राति समुह एफको खेलमा स्विडेनसंग १–१ गोलको बराबरी खेल्दै स्पेन अर्को बर्ष हुने प्रतियोगिताका लागि छानिएको हो ।

स्पेनलाई छनोट हुन मात्र १ अंकको आवश्यकता थियो ।दोस्रो हाफको ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनको अंक जोडेका थिए ।

खेलमा अग्रता स्विडेनले लिएको थियो । खेलको ५० औ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्विडेनलाई अगाडी बढाएका थिए ।दोस्रो हाफमा चोट बोक्दै मैदान छाड्नु अघि स्पेनका गोलकिपर डेभिड डी जियाले रोबिन क्वेसनको उत्कृष्ट हेडको बचाउ गरेका थिए ।

चोटसंगै प्रिमियर लिगको आईतबारको खेलमा जिया लिभरपुलविरुद्व उत्रने सम्भावना कम छ ।

समुह एफबाट स्पेनले ८ खेलबाट २० अंक जोड्यो । स्पेनले दुई खेल बाँकी छदाँ तेस्रो स्थानको रोमानियासंग ६ अंकको अग्रता लिएको हो ।

स्पेन युरोकपमा छनोट हुने छैटौ टिम बनेको छ । यसअघि बेल्जियम, ईटाली, रुस, पोल्याण्ड र युक्रेन प्रतियोगितामा छनोट भईसकेका छन् ।

यस्तै युरोकप छनोटमा इटालीले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको खेलमा इटालीले लिक्टनस्टीनलाई ५-० गोल अन्तरले हराएको छ ।

लिक्टनस्टीनको घरेलु मैदानमा इटालीलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे ।यस्तै फेडेरिको बेर्नारडेस्ची, एलिस्सो रोमागोन्ली र स्टेफेन इल शारवेले एक एक गोल गरे ।

जितसँगै समूह ‘जे’ को इटालीले ८ खेलमा अपराजित रहदै २४ अंक जोडेको छ । शीर्ष स्थानको इटाली यसअघि नै युरोकपमा छनोट भईसकेको छ ।पराजित लिक्टनस्टीन २ अंक जोडेर समूहको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय