काठमाडौं/ एसिड आक्रमणमा परेकी १५ वर्षीया मुस्कान खातुनलाई नेपाली क्रिकेट टोलीले भेटेको छ। उनी उपचाररत कीर्तिपुर अस्पतालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालसँगै पारस खड्का, सोमपाल कामीलगायतका केही खेलाडीले उनलाई भेट्न पुगेका थिए।

भेटका क्रममा पारसले उनको हौसला बढाउँदै उनी सबैका लागि प्रेरणाको स्रोत भएको बताए। उनले सरकारसँग यस्ता घटना घटाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन आग्रहसमेत गरे।

एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो। वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी मुस्कान विद्यालय जाँदै गर्दा उनीमाथि गत भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, वरुण धवन तथा अभिनेत्री कृति सेनन लगायतलेसमेत मुस्कानको लागि भिडियो सन्देश पठाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah