नयाँदिल्ली, १३ असोज । पाकिस्तानलाई कुटनीतिक रुपमा एक्लो पार्ने रणनीतिअनुसार भारतले आगामी नोभेम्बर ९ र १० मा इस्लामावादमा हुने १९ ओ सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको छ । भारतको निर्णयसँगै पूर्वनिर्धारित सार्क सम्मेलन तत्काललाई स्थगित भएको छ । स्थगनको औपचारिक घोषणा हुन भने बाँकी छ ।

आजको कान्तिपुरमा खबर छ– यससँगै सार्कको आगामी सम्मेलन मात्र होइन, समग्र सार्क नै विगतमा झैं भारत–पाक तनावको छायामा पर्ने निश्चित छ । अब दुवै देशबीच सम्बन्ध नसुध्रिसम्म सम्मेलन हुन कठिन छ ।

जनकारहरुका अनुसार भारतले अब पाकिस्तानले आतंकवादी गतिविधिलाई सहयोग गरेको भन्दै सार्कका अन्य सदस्य मुलुकलाई भारतको पक्षमा ऐक्यबद्धता व्यक्त गर्न लबिइङ गरिरहेको छ ।

सार्कको अध्यक्षता गरिरहेको नेपालले ठाउँ परिवर्तन गरेर सम्मेलन गर्ने प्रयास गरे पनि त्यो सफल नहुने एक भारतीय अधिकारीले बताए । भारतको नीति यतिबेला पाकिस्तानसँग कुनै पनि कार्यक्रममा सहभागी नहुने रहेको छ ।

पाकिस्तानविरुद्ध कुटनीतिक, राजनीतिक, सैन्य तथा अन्य सबैखाले दबाब सिर्जना गर्ने भारतीय नीतिको एउटा कडी सार्क सम्मेलन बहिस्कार हो । पाकिस्तानले भने भारतको निर्णलाई दुर्भाग्यपूर्ण भन्दै आफूलाई अहिलेसम्म कुनै पनि प्रकारको जानकारी नआएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah