काठमाडौं, १३ असोज ।माओवादी केन्द्रसँग साढ् चार महिनाअघि सम्पन्न ‘भद्र सहमति’लाई लिएर एमाले केद्रीय कमिटी बैठकको समापनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच चर्काचर्की भएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग भद्र सहमति भएको अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले खण्डन गरेका थिए । अध्यक्ष ओली बोलिरहँदा उपाध्यक्ष गौतमले बीचमै चर्को स्वरमा प्रतिवाद गरे ।

ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘जेएन खनालले भद्र सहमति भएकै हो भन्नुभो तर तपाईंहरु सबै स्पष्ट हुनुभए हुन्छ, सहमति भएकै थिएन, कहाँ भयो ? कसरी भयो ? कसले ग¥यो ? नामै किटेर ओलीले एकपछि अर्को खण्डन गर्न थालेपछि गौतमले बोल्दा बोल्दै ठूलो स्वरमा प्रतिवाद गर्नुभयो ।’

तत्कालिन ओली नेतृत्वको सरकारले बजेटपछि राजीनामा दिने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाएर वाम सहकार्यलाई निरन्तरता दिने गरि भएको भनिएको ‘भद्र सहमति’ लाई उमाले नेताहरुले अनुकूल व्याख्या गर्दै आएका छन् ।

समापन बैठकमा पनि त्यसलाई लिएर नेताहरुको धारणामा एकरुपता नदेखिएकै काराण् चर्काचर्की भएको स्रोतको दाबी छ ।

‘तपाईं चुप लाग्नुस । तपाईले यसरी भएकै हाईन, यस्तो भाकोथ्यो, त्यस्तो भाकोथ्यो भन्ने स्पष्टीकरण दिँदै जान थाल्नेभो भने म बोल्नैपर्ने हुन्छ, म बोलेँ भने के हुन्छ ?’ गौतमको प्रतिवाद उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘हिजै केन्द्रीय कमिटी समापनमा कसैले नबोल्ने सहमति गरेपछि त नबोल्नुप¥या नि ।’

गौतमको यस्तो प्रतिवादपछि ओलीले भद्र सहमतिको ‘च्याप्टर’ नै बन्द गरेर अरु विषयमा मन्तव्य दिएका थिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah