एजेन्सी/ स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले पहिलो हार खेपेको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल मालोर्कासँग १–० गोलले पराजित भयो । स्टार खेलाडीद्वय ग्यारेथ बेल र इडेन हजार्डविना खेलेको रियलको जारी सिजनमा यो पहिलो हार हो ।

घरेलु मैदानमा मलोर्कालाई जिताउन लागो जुनियरले गोल गरे । जुनियरले सातौं मिनेटमा गरेको गोनलै निर्णायक बनेको थियो । पहिलो हाफमा गोल फर्काउन नसकेको रियल दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा अल्भेरो ओर्डियोजोला दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि रियल कमजोर बनेको थियो । यस हारसँगै रियल दोस्रो स्थानमा छ । रियलले नौ खेलबाट १८ अंक बनाएको छ । मालोर्का १० अ.क सहित १४औं स्थानमा छ ।
रियल पराजित भएपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानका रहेको बार्सिलोनाको १९ अंक छ ।शनिबार भएको खेलमा बार्सिलोनाले ईबरलाई ३–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुईस स्वारेजले एक एक गोल गरे ।खेलमा अग्रता १३ औ मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले लिएको थियो ।५८ औ मिनेटमा लियोनल मेस्सीले दोस्रो गोल गरे ।त्यसतै लुईस स्वारेजले ६६ औ मिनेटमा क्लबका लागि तेस्रो गोल गरेका थिए ।
अर्को खेलमा एट्लेटिको म्याड्रिड र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई हराउन नसक्दा एट्लेटिकोले बराबरीमा चित्त बुझाएको हो । एट्लेटिकोका डिएगो कोस्टाले गोल गरे । भ्यालेन्सियाका ड्यानियल परेजोले बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा भ्यालेन्सियाका काङ इन लि रातो कार्ड पाउँदै बाहिरिएका थिए । बराबरीसँगै १६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ । १३ अंक बनाएको भ्यालेन्सिया सातौ स्थानमा छ । तेस्रो स्थानमा रहेको ग्रानडाको १७ अंक छ । अर्को खेलमा गेटाफेले लेगानेसलाई २–० गोलले पराजित गरेको छ । जितसँगै १३ अंक बनाएको गेटाफे छैटौं स्थानमा उक्लिएको छ । दुई अंक बनाएको लेगानेस तालिकाको अन्तिममा छ ।



