एजेन्सी / स्पेनिस महारथी क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित आत्मसाथ गरेको छ ।मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेमाथि १–० को जित निकाल्दै रियलले नयाँ सिजन प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

गालाटासारेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियलका लागि टोनी क्रुजले १८औं मिनेटमा गोल गरे । क्रुजले इडेन हाजार्डको पासमा गोल गरेका थिए । जितसँगै चार खेल बनाएको रियलल दोस्रो स्थानमा छ । एक अंकमा सिमित गालाटासारे समूहको अन्तिममा छ ।

यही समूहको अर्को खेलमा पीएसजीले बेल्जियन क्लब बर्गलाई उसकै मैदानमा ५–० गोलले हरायो । पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक गरे । मोउरो इकार्डीले दुई गोल गरेका थिए । खेलको सातौं मिनेटमा इकार्डीले एन्जल डी मारियाको पासमा गोलगर्दै पीएसजीलाई अगाडी बढाए ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो तथ ८३औं मिनेटमा डि मारियाकै पासमा अर्को गोल थप्दै एमबाप्पेले ह्याट्रिक पूरा पूरा गरे ।

समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले तीन खेलबाट नौ अंक बनाएको छ । दुई अंक बनाएको क्लब बर्ग तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah