काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै जरिवाना तिराउने निर्णय गरेको हो ।

एएफसीका अनुसार क्लब ‘लाईसेन्सिङ’ नियमावलीभन्दा बाहिर रहेर क्लबहरुलाई लाइसेन्स वितरण गरेको जनाएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थि एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको एएफसीले जनाएको छ ।

फिफाले एएफसीलाई सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली शुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो भने उनै ९ क्लबलाई एएफसीले क्लब लाईसेन्स प्रदान गरेको थियो ।

एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागिता गराउँदै आएको छ । सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।

क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार जरिवाना गरेको हो । एएफसीले सोही गल्ती पुन: दोहोर्‍याए दुई बर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah