एजेन्सी / सन् १९९४–२००२ को समयमा ब्राजिलबाट विश्वकप फुटबल जित्ने खेलाडीको टिम र इजरायली खेलाडीहरुबीच मैत्रीपूर्ण प्रतियोगिता भयो ।
मंगलबार हाइफामा भएको खेलका क्रममा रेफ्रीले शान्तिपूर्ण तर असामान्य हस्ताक्षेप गरे ।

पूर्व एसी मिलान र रियल मड्रि«डका स्टारसमेत रहेका ब्राजिलियन फुटबलर काकाले बल नियन्त्रणमा लिइरहेका थिए । त्यही समयमा रेफ्रीले अचानक ३७ वर्षिय खेलाडी काकालाई कुनै स्पष्ट कारण बिना पहेँलो कार्ड देखाइन् । त्यसलगत्तै आफ्नो खल्तिबाट मोबाइल झिकेर काकासँग उनले सेल्फि लिइन् ।
रेफ्री एक महिला थिइन् । र यो हस्ताक्षेप एक सेल्फी लिनका लागि गरिएको थियो । त्यतीखेर पुरै मैदान हल्लाले गुञ्जायमान भयो ।



