एजेन्सी/ रियल मड्रिडले स्पेनिस लिगको शीर्ष स्थानका उक्लिने मौका गुमाएको छ ।

शनिबार राति भएको खेलमा रियल वेटिससंग बराबरी खेल्दै रियलले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।
यता बार्सिलोनाले अर्को पीडादायी हार आत्मसाथ गरेको छ ।लियोनल मेस्सीले दिलाएको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले लेभान्टेसंग ३–१ गाेल अन्तरको हार ब्यहोरेको हो ।

सोही कारण रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका थियो । तर रियल भने गोल रहित बराबरीमा रोकिदै अंक बाँड्न बाध्य भयो ।
पहिलो हाफमा इडेन हजार्डले रियललाई अघि बढाउने कोशिश गरेका थिए । तर उनको गोल अफसाईड हुन पुगेको थियो ।
जिनेदिन जिदानको टिम रियलले २२ प्रहार मध्ये कुनै पनि प्रहारलाई गोलमा परिणत गर्न भने सकेन ।
शीर्ष स्थानको बार्सिलोना र रियल मड्रिडको समान २२ अंक रह्यो । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रह्यो । रियल दोस्रो स्थानमा रह्यो । वेटिस क्लब १३ अंक सहित तालिकाको १४ औ स्थानमा रह्यो ।
अर्को खेलमा सेभिया र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।



