एजेन्सी / आइपिएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले किंग्स ११ पंजाबका कप्तान रहेका लेगस्पिनर रविचन्द्रन अश्विनलाई पनि आफ्नो टिममा अनुबन्ध गर्ने पक्का भएको छ । यससँगै दिल्लीमा रहेका नेपाली लेगस्पिनर सन्दिप लामिछानेको भविष्य खतरामा देखिएको छ ।

अश्विन आएसँगै दिल्लीमा लेगस्पिनरको संख्या ५ पुगेको छ । दिल्लीमा यसअघि नै अमित मिश्रा, सन्दिप लामिछाने, मयंक मार्कण्डे र राहुल तेवतिया गरी ४ जना लेगस्पिनर छन् ।

‘हो अश्विन दिल्ली क्यापिटल्समा जाँदैछन् । यसअघि पंजाबले मागेका दुई खेलाडीमा कुरा नमिल्दा डिल भएको थिएन । अहिले पंजाबले चाहेका २ जना दिल्ली क्यापिटल्सका खेलाडी पाउने भएपछि अश्विनलाई दिन तयार भएको छ’ बीसीसीआइका एक बरिष्ठ अधिकारीले भने ।

मुम्बइ मिररका अनुसार अश्विनको बदलामा दिल्लीले पंजाबलाई न्यूजिल्याण्डका पेस बलर ट्रेन्ट बोल्ट र कर्नाटकका अलराउण्डर जगदीश सूचित दिनेछ ।

यसपछि पनि दिल्लीसँग ५ जना स्पिनर रहनेछन् । यो अवस्थामा दिल्लीले २ जना स्पिनरलाई रिलिज गर्न सक्छ । यसरी रिलिज गरिने खेलाडीमा नेपाली स्पिनर सन्दिप लामिछाने पनि पर्न सक्छन् ।

यद्यपि सन्दिपको मूल्य २० लाख मात्र भएको र उनलाई रिलिज गर्दा आउने पैसाले अर्का खेलाडी किन्न नपुग्ने हुँदा दिल्लीले रिलिज नगर्न पनि सक्छ । सन्दिपको दिल्लीसँग ३ वर्षको सम्झौता छ र यो सम्झौता आगामी सिजनसम्मको हो ।

यदि दिल्लीले सन्दिपलाई रिलिज गरेमा यो उनको लागि खतरा र अवसर हुवै बन्न सक्छ । दिल्लीले रिलिज गरेको अवस्थामा सन्दिप आगामी डिसेम्बर १९ मा कोलकातामा हुने अक्सनमा पुग्नेछन् ।

यो अक्सनमा उनलाई अन्य कुनै फ्रेन्चाइजले बढी मूल्यमा किन्ने सम्भावना पनि छ । यसरी अर्को फ्रेन्चाइजले बढी मूल्यमा किनिदिएमा यो उनको लागि फाइदाजनक हुनेछ र दिल्लीले रिलिज गर्नु अवसर हुनेछ । तर, अक्सनमा अर्को फ्रेन्चाइजले किन्ने वा नकिन्ने कुनै ग्यारेन्टी छैन । यदि कुनै अर्को फ्रेन्चाइजले नकिनिदिए उनी आइपिएलबाटै बञ्चित हुन सक्ने खतरा पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah