काठमाडौं \ फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र कुवेतबीचको खेल भुटानमा हुने जानकारी दिएको हो ।

काठमाडौंमा हुनु पर्ने खेल दशरथ रंगशालाको पुन: निर्माणको काम नसकिएका कारण एएफसीले विश्वकप छनोटको खेल खेलाउन नमिल्ने बताएको थियो ।

त्यसपछि एन्फाले भुटानमा खेल गराउन एएफसीसँग प्रस्ताव गरेको थियो । तर, कुवेतले आफू अनुकुल नहुने भन्दै भुटानमा नखेल्ने बताउँदै आएको थियो । तर, एन्फाले जुनसुकै हालतमा पनि भुटानमै खेल्नु पर्ने अडान लिएपछि एएफसीले भुटानमा गर्न स्वीकृती दिएको हो ।

कुवेतले यसअघि भिषा, होटल र मैदानमै प्रश्न उठाएको थियो । यसअघि शुक्रबार एएफसीले भुटानभन्दा अन्य ठाउँमा खेल आयोजना गर्न एन्फालाई भनेको थियो । तर, एन्फाको पहलमा भुटान फुटबल संघले कुवेतका लागि हुन सक्ने असहजतालाई सरलीकरण गर्ने प्रतिबद्धता जनाएपछि कुवेत भुटानमा खेल्न तयार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah