काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज  (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । र, नेपाल र कुवेतबीचको खेल प्रत्यक्ष प्रशारण हुने भएको छ ।

खेल नेपाल टेलिभिजनको एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुनेछ । यस्तै भुटान फुटबल फेडेरेसनले माइकुजु टिभीबाट पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतले न्युट्रल भेन्यु भुटानमा खेल्न लागेको हो ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७-० को हार व्यहोरेको थियो ।छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah