यो मानव जीवनकै दुर्लभ घटना हो । चिकित्सकका अनुसार विगत १०० वर्षमा यो छठौं घटना हो । एक ब्रिटिश महिलाका जुम्ल्याहा बच्चा जन्मिने अवस्थामा थिए, त्यही बेला उनी फेरि गर्भवती भइन् र एकसाथ तीन जना बच्चा जन्माइन्।
जब कुनै महिलो गर्भवती भएको दुई हप्ता वा एक महिना भित्र फेरि गर्भवती हुन्छिन् भने बिज्ञानको भाषामा ‘सुपरफोएटेशन’ भनिन्छ।
प्रजनन स्वास्थ्य विज्ञ डा साइमन फिशेल भन्छन्, ‘यो नहुनुपर्ने थियो तर भयो ।’ यस्तो पहिलो घटना १८६५ भएको मानिन्छ । यस्तो घटनापछि सवैले माथि उल्लेखित महिलाको जस्तै सहज तरिकाले जिवित शिशुको जन्म दिन नसक्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘यस्तो संयोग परेकी महिलाको भ्रुण गर्भमै मर्याे भने समय भन्दा पहिल्यै सुत्केरी गराउनुपर्छ।’
उनी यो घटनालाई मानव इतिहासको चमत्कारका रुपमा अथ्र्याउँछन् । यसअघि रोममा यस्तो घटना घटेको उनले बताए । जहाँ महिला गर्भवती भएको चार महिनापछि फेरि गर्भवती भएकी थिइन् ।
बीबीसीबाट



