काठमाडौं/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा जारी छ । काठमाडौं, पोखरा र जनकपुर गरी तीन ठूला शहरमा सागका खेलकुदहरू भइरहेका छन् ।
जारी सागमा नेपाली खेलाडीहरूले विगतका तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् र पदक दिलाइरहेका छन् ।
आठौं सागमा नेपालले कुल ३१ स्वर्ण पदक जितेको थियो । त्यो नै नेपालले सागमा जितेको सर्वाधिक स्वर्ण थियो । तर जारी सागमा नेपालले कुल ३७ स्वर्ण जितिसकेको छ । नेपालले सागमा जितेको सर्वाधिक स्वर्णको कीर्तिमान भंग गरिसकेको छ ।
नेपाल कुल ३७ स्वर्ण पदकसहित पदकतालिकाको दोस्रो स्थानमा रहेको छ । भारत कुल ६३ स्वर्णसहित तालिकाको शीर्षस्थानमा रहेको छ ।
त्यस्तै १८ स्वर्ण पदकसहित श्रीलंका तालिकाको तेस्रो स्थानमा छ ।चौथो स्थानमा पाकिस्तान छ । हालसम्म पाकिस्तानले १७ स्वर्ण जितेको छ ।
त्यस्तै बंगलादेशले ४ तथा माल्दिभ्सले एउटा स्वर्ण जितेको छ ।तालिकाको अन्तिम स्थानमा रहेको भुटानले हालसम्म स्वर्ण पदकको खाता खोल्न सकेको छैन ।
कसले कति पदक जिते, हेर्नुहोस् :




