भद्रपुर । झापा जिल्ला स्तरीय टी ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा पेट्रीयोटीक क्रिकेट क्लब दमक र आयोजक आदर्श क्रिकेट एकेडेमी भद्रपुर विजयी भएको छ । मेची रङ्गशालामा शुक्रवार भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेका आदर्श क्रिकेट क्लब कचनकवलले १७ ओभर ३ बलमै अलआउट हुँदै ८० रन बनाए । कचनकवलका सौरभ तिम्सिनाले २०, रोशन चौहानले १५ रन बनाए । दमकका मनोज तमाङ्ले ३ विकेट लिएका थिए भने ज्ञानेन्द श्रेष्ठ, पुष्कर दाहाल र सौजन घिमिरेले २/२ विकेट लिए ।

८० रनको लक्ष्य लिएर मैदानमा उत्रिएका दमकले १६ ओभर ५ बलमा सात विकेटको क्षतिमा लक्ष्य भेटाए । दमकमा निखिल पौडेलले २०, पुष्कर दाहाल १६ र मनोज तामाङको १३ रनको योगदान दिए । खेलको म्यान अफ द म्याच दमकका मनोज तामाङ घोषित भए । त्यसैगरी दोस्रो खेलमा आयोजक आदर्श क्रिकेट एकेडेमी भद्रपुरद्वारा युनाइटेड क्रिकेट क्लब बिर्तामोड पराजित भएका छन् । पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ११० रन बनाए । भद्रपुरका प्रनिश बिमली ३०, अङ्कित सुबेदीले १३ रन बनाए । बिर्तामोडका सुमित न्यौपानेले ३, अभिशेख शर्मा र आश्विन शर्माले २ २ विकेट लिए। १११ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका बिर्तामोडका समीर कार्कीले विस्फोटक पारी खेल्दै ४२ रन बनाए ।

अन्य ब्याट्सम्यान मैदानमा टिक्न नसक्दा १७ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन मात्र बनाए । भद्रपुरका बिकी महत्तोले ४, प्रवेश कामतीले ३, सुमिरन राई र अङ्कित सुबेदीले १/ १ विकेट लिए । खेलको म्यान अफ द म्याच बिर्तामोडका ४२ समीर कार्की र भद्रपुरका ४ विक्की महत्तो घोषित भए । भद्रपुर १० स्थित आदर्श सेवा समितिद्वारा सञ्चालित आदर्श क्रिकेट एकेडेमीले आयोजना तथा बाबा एजुकेसन कन्सल्टेन्सी काठमाडौँको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विजेता र उपविजेता टिमलाई क्रमशः ३५ हजार र २० हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah