काठमाडाैं/राजस्थानका सिनेमा हलमा त्यहाँका जाट समुदायले तोडफोड र आगलागी गरेपछि सो क्षेत्रका सिनेमा हल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका छन् ।
शुक्रवारबाट अर्जन कपुर, सञ्जय दत्त, कृति सेनन आदि अभिनित फिल्म ‘पानीपत’ प्रदर्शनमा आएको छ ।

यो फिल्मले आफूहरूको गौरवशाली इतिहासलाई खराब रूपमा प्रस्तुत गरेको भन्दै जाट समुदायले यो सिनामालाई देशव्यापी रूपमा पदर्शन रोक्नुपर्ने माग गरेका छन् ।
राजस्थानका जाट समुदायको युवाले एउटा सिनेमा हलमा तोडफोड र आगजनि गरेपछि त्यहाँका बाँकी सिनेमा हल बन्द गरिएका हुन् । राजधानी दैनिकमा खबर छ ।



