काठमाण्डौ- नेपाली सांगीतिक आकाशमा हरेक दिन नयाँ नयाँ प्रतिभाको जन्म भैरहेको हुन्छ। एउटा असल कलाकार बनेर देश र जनता माझ आफ्नो छाप छोड्ने उदेश्य लिएर देशका कुना कन्दराबाट काठमाडौँ होनिने गरेका छन्।
विभिन्न स्थानबाट काठमाडौँलाई कर्मथलो बनाउन आउनेहरु कोहि सफल हुन्छन् र भएका पनि धेरै उदाहरण देखिएको छ। तर कोहि अझै पनि संघर्ष गरिरहेका छन्।
यसैबीच नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराएर नाम र दामको अपेक्षासहित अछाम निवासी मनिषा कुमारी रावल पनि कलाकार बन्ने सपना बोकेर काठमाडौँ आइपुगेकी हुन्।
मिठो स्वरकी धनि उनि निकै मिठो लोक दोहोरि गीत गाउँछिन्। तर बिडम्बना उनले सानै उमेरमा नै आँखाको ज्योति गुमाएकी थिईन्।
दृष्टिविहिन भएतापनि सबै प्रकारका गीत सुन्न रुचाउने र गाउने मनिषा लोक दोहोरि गीत बिशेष मन पर्ने बताउछिन्। मनिषाले ठुला कलाकारहरुसँग भेट्ने र गाउने इच्छा ब्यक्त गरेकी छिन्।
साथै, उनले इन्द्रेणीका संचालक कृष्ण कंडेलसंग पनि भेट्ने इच्छा गरेकी छन् । निकै दु:खसंग गुजारा गरीरहेकी उनलाई गरेर नाम कमाउन चाहन्छिन् ।
घरको अवस्था निकै दयनीय भएको र संघर्ष गरेर बसिरहेकी मनिषा कुरा गर्दा गर्दै भावुक भईन् । दाईको पनि अवस्था उनको जस्तै छ ।
हेरौं उनले पोखेका दु:ख र कष्टसंग बिताई रहेको उनको जीवनको कथा र व्यथा भिडियोमा :



