एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलियान एम्बाप्पेले ह्याकरहरुको समूहले आफ्नो ट्वीटर एकाउन्ट ह्याक भएको जानकारी दिएका छन् । बिहीबार बिहान उनको ट्वीटर ह्याक भएको देखिएको थियो ।

२१ वर्षीय फ्रेन्च खेलाडीको ट्वीटरमा देखिने नामको साटो ००० भनेर लेखिएको थियो । ह्याकरहरुले उनको अकाउन्टबाट केही पोष्ट भने गरेनन् ।
२०१७ का गोल्डन ब्वाइ विजेता एम्बाप्पेले ले मान्सबिरुद्ध पीएसजीले ४–१ को जीत निकालेपछि ट्वीट गरेपछि उनको अकाउन्ट ह्याक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय