मेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।
उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ यससँगै उनले तीनवटा फोटो पनि सेयर गरेकी छिन् ।
बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।
https://www.facebook.com/beenita.baral.75/posts/2501290633448365



