काठमाडौं- सन् २०१९ लाई बिदाइ गर्दै २०२० लाई स्वागत गर्न हामी सबै आतुर छौं। विषेशगरी क्रिकेटमा विगत १ वर्षमा के-कस्ता गतिविधि भए र कुन खेलाडीको कस्तो प्रदर्शन रह्यो भन्ने समिक्षा गरिन्छ। तर यो पटक भने क्रिकेटमा खेलाडीले गरेको प्रदर्शनको दशकसम्मको मूल्याङकन गर्न खोजिएको छ।

क्रिकेट खेल पछिल्लो समयमा निकै क्रेज बढाएको खेल हो। कुनै समय इंग्ल्यान्डमा मात्रै केन्द्रित क्रिकेट २०१९ सम्मको अन्त्यमा आइपुग्दा विश्वभर नै चर्चित छ। यसका पछाडिका पाटाहरु धेरै होलान्। तर यो पटक भने २०१० देखि २०१९ को अन्त्यसम्म खेलाडीले कस्तो प्रदर्शन गरे? कुन खेलाडीले टी–२० क्रिकेटमा आफूलाई शीर्ष स्थानमा राखिराख्न सफल भए? यो छोटो सामग्रीमा हामीले यिनै पक्षलाई समेट्ने प्रयास गरेका छौं।

यी हुन् उत्कृष्ट १० ब्याट्सम्यान
केभिन पिटरसेन
सन् २०१० मा केभिन पिटरसेन उत्कृष्ट ब्याट्सम्यान भए। वर्षभर उनले उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीको वरियतामा शीर्ष स्थानमा कायमै रहिरहे उनी।

ad
इंग्ल्यान्डका राइट ह्यान्डेड ब्याट्सम्यान पिटरसेनले २०१० मा ८४७ रेटिङ अंक पाउँदै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए।

इयोन मोर्गन
इयोन मोगर्न इंग्ल्यान्डका कप्तान हुन्। टी–२० क्रिकेटको २०११ मा वर्षका उत्कृष्ट ब्याट्सम्यान मोर्गन भए। उनले ८२१ रेटिङ अंक पाउँदै २०११ का उत्कृष्ट ब्याट्सम्यानको शीर्ष स्थान हासिल गरेका थिए।

शेन वाटसन
२०१२ टी-२० क्रिकेटका लागि ब्याटिङमा शेन वाटसनको वर्ष हो।

अष्ट्रेलियाका अलराउन्डरको रुपमा परिचित शेन टी–२० क्रिकेटको ब्याटिङमा २०१२ मा शीर्ष स्थानमा रहिरहे।

धमकेदार ब्याटिङ गर्दै आइसिसीको शीर्ष वरियता ओगटिरहेका उनले ७९९ रेटिङ अंक पाएका थिए।

एलेक्स हल्स
इंग्ल्यान्डका एलेक्स हल्स २०१३ मा उत्कृष्ट ब्याट्सम्यान भएका खेलाडी हुन्। वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसीको वरियतामा शीर्षस्थान कायम गरेका एलेक्सले ८४२ रेटिङ अंक पाएका थिए।

विराट कोहली
भारतीय टिमका कप्तान विराट कोहली सन् २०१४ मा टी–२० क्रिकेटको उत्कृष्ट ब्याट्सम्यान बने।

बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेटमा फाइनलसम्म पुर्‍याएका विराटले यो वर्ष भने तहल्का नै मचाए। आइसिसीको वरियतामा शीर्ष स्थानमा रहँदै उनले २०१४ मा ८९७ रेटिङ अंक पाएका थिए।

आरोन फिन्च
आरोन फिन्च अष्ट्रेलियाका कप्तान हुन्। ओपनर ब्याट्सम्यान रहेका फिन्च २०१५ मा उत्कृष्ट टी–२० ब्याट्सम्यान सावित भए। उनले ८५४ रेटिङ अंक पाएका थिए।

विराट कोहली
२०१४ मा उत्कृष्ट ब्याट्सम्यान बनेका भारतीय क्रिकेटका कप्तान विराट कोहली फेरि २०१६ मा आइपुगेर उत्कृष्ट खेलाडी सावित भए। यसले भारतीय क्रिकेटमा थप उर्जा मिल्यो। विराटको चौतर्फी तारिफ भए।

उनको उत्कृष्ट प्रदर्शनले उनलाई फेरि पनि नम्बर १ ब्याट्सम्यान बनाएको थियो। उनले ८२० रेटिङ अंक पाएका थिए।

आरोन फिन्च
आरोन फिन्च टी–२० क्रिकेटमा दुई पटक उत्कृष्ट ब्याट्सम्यान हुने अष्ट्रेलियाका लागि पहिलो खेलाडी हुन्। यसअघि उनी सन् २०१५ मा उत्कृष्ट ब्याट्सम्यानको पल्ला भिरेका थिए।

२०१७ मा उत्कृष्ट ब्याट्सम्यान हुने दौरानमा उनले ७८४ रेटिङ अंक पाएका थिए।

बाबर अजाम
पाकिस्तानका ओपनर ब्याट्सम्यान बाबर अजाम टी–२० क्रिकेटमा वर्षभर उत्कृष्ट ब्याट्सम्यानको शीर्ष स्थानमा रहिरहे।

सन् २०१८ को उत्कृष्ट ब्याट्सम्यान हुने क्रममा उनले ८५८ रेटिङ अंक पाए।

बाबर अजाम
अघिल्लो वर्ष उत्कृष्ट टी–२० क्रिकेटको ब्याट्सम्यान घोषित भएका बाबरले आफ्नो शीर्ष स्थानलाई २०१९ मा पनि कायमै राख्न सफल भए। विश्वमा उनी मात्रै त्यस्ता ब्याट्सम्यान हुन् जसले टी–२० क्रिकेटमा लगातार दुई पटक नम्बर एक खेलाडी भएर रहे।

उनले २०१९ मा भने ८७९ रेटिङ अंक पाए।

यी हुन् दशकमा उत्कृष्ट १० बलर
ग्राम स्वन
इंग्ल्यान्डका त्यस्ता खेलाडी हुन् जसले २०१० मा उत्कृष्ट बलरको उपाधि पाए। उनले ७६० रेटिङ अंक पाए।

एन्जन्था मेन्दिस
सन् २०११ मा श्रीलंकाका एन्थन्था मेन्दिस चम्किए। उनी वर्षका उत्कृष्ट बलर बने। उनले ७३९ रेटिङ अंक पाए।

सइद अज्मल
सइद अज्मल पाकिस्तानका त्यस्ता बलर हुन्, जसले २०१२ मा टी–२० क्रिकेटको उत्कृष्ट बलरको उपाधि पाए। आइसिसीको शीर्ष स्थानमा रहेका उनले ७५६ रेटिङ अंक पाए।

सुनिल नारिने
२०१३ मा टी–२० क्रिकेटमा एउटा नाम चलेका अनुहार हो, सुनिल नारिने।

वेष्ट इन्डिजका स्पिनर सुनिल २०१३ मा उत्कृष्ट बलर बने। उनले ८१७ रेटिङ अंक पाएका थिए।

स्यामुएल बद्री
स्यामुएल बद्री वेष्ट इन्डिजको उत्कृष्ट बलरमध्येका एक हुन्। सन् २०१४ मा उनी वेष्ट इन्डिजकै मात्र नभएर विश्वकै उत्कृष्ट टी–२० बलर घोषित भए। उनले ८३१ रेटिङ अंक पाएका थिए।

सुनिल नारिने
सन् २०१३ मा उत्कृष्ट बलर घोषित भएका सुनिल २०१५ मा पनि उत्कृष्ट बलर बन्न सफल भए।
आईसीसीको बरियतामा उत्कृष्ट खेलाडी सावित हुने क्रममा उनले ७७३ रेटिङ अंक पाएका थिए।

इमरान ताहिर
इमरान ताहिर २०१६ मा टी–२० क्रिकेटमा उत्कृष्ट बलर घोषित भएका खेलाडी हुन्। उनले ७४० रेटिङ अंक पाएका थिए।

इमाद वासिम
सन् २०१७ मा पाकिस्तानका इमाद वासिम उत्कृष्ट टी–२० बलर सावित भए। उनले ७१९ रेटिङ अंक पाएका थिए।

राशिद खान
राशिद खान अफगानिस्तानका त्यस्ता लेग स्पिनर हुन्, जसले विश्व क्रिकेटमा तहल्का मचाए।

उनै राशिद हुन् जसले २०१८ मा टी–२० क्रिकेटको उत्कृष्ट बलरको उपाधि पाए। उनले ७९३ रेटिङ अंक पाएका थिए।

राशिद खान
अघिल्लो वर्ष उत्कृष्ट बलरको खेलाडीको उपाधि पाएका राशिद २०१९ को पनि उत्कृष्ट बलर हुन्। टी–२० क्रिकेटमा लगातार दुई पटक नम्बर एक खेलाडी भएका राशिद मात्रै हुन्। उनले २०१९ मा भने ७४९ अंक पाए।

(आइसिसीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर