काठमाडौं / बलिउडका चर्चित अभिनेता ज्याकी श्राफलाई नेपालकी मनिषा कोइरालाले नेपाली ढाकाटोपी लगाइदिएकी छन् । महाराष्ट्रको एक फार्ममा उनीहरुको भेट भएको हो ।

नेपाली ढाकाटोपी लगाइदिएपछी उनले ज्याकी श्राफ र आफ्नो तस्वीर सामाजिक सञ्जाल ट्वीटर पोस्ट गरेकी छिन् । उनीहरु महाराष्ट्रको एक फार्ममा घेट भएको र घेट हुदा मनिषाले ज्याकीलाई टोपी लगाइदिएको बताइएको छ ।

तस्वीरमा ज्याकी र मनिषा मुस्कुराएका छन् । तस्वीरमा मनिषाका बुबाआमा पनि ज्याकी सँग देखिएका छन् । मनिषाले तस्वीर शेयर गर्दै ज्याकीसँग एकसाथ समय विताउन पाएकोमा आफुलाई धेरै खुसी लागेको बताएकी छिन् ।

ज्याकी र मनिषा निकै मिल्ने साथी हुन् । यी दुईले ‘सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’, ‘ग्रहण’ लगायतका फिल्ममा सँगै काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय